भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौं, वैशाख २९ । नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।

केही समयअधि उनी नेपाल भ्रमणको अन्तिम औपचारिक कार्यक्रमका रूपमा काठमाडौं महानगरपालिकाको अभिनन्दन ग्रहण गरेपछि भारतका प्रधानमन्त्री मोदी स्वदेश फर्केका हुन ।

शुक्रबार साढे १० बजे जनकपुर ओर्लिएका मोदीले जानकीको दर्शनसँगै नेपाल भ्रमण औपचारिक रुपमा शुरु गरेका थिए । तेस्रो नेपाल यात्राका क्रममा जनकपुरमा अभिनन्दन गरिएको थियो ।

त्यसपछि अपरान्ह काठमाडौं आइपुगेका मोदीले राजनीतिक भेटघाट र वान टु वान वार्ता हुदैं साँझ दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त पत्रकार सम्मेलन गरेर सहमतिका विषयहरू सार्वजनिक गरे ।

शनिवार विहान मुक्तिनाथको दर्शन गरेर फर्के मोदी त्रिभुवन विमानस्थलबाट सिधैपशुपतिनाथको दर्शन र पूजा गरे । औपचारिक भारतका प्रधानमन्त्रीका रूपमा पहिलोपटक उनी सन् २०१४ मा नेपाल आएका थिए ।

यसपाली पनि मोदीले एउटा अर्का चाहान प्रकट गरेर गएका छन् । उनले भने ‘अर्का पटक आउँदा बुद्ध भूमि लुम्बिनी जाने छु ।’

नेपाल भ्रमणका क्रममा मोदी र प्रधानमन्त्री केपी ओलीले संयुम्त रुपमा बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो र जनकपुर अयोध्या सिधा बस सेवाको शिलान्यास र शुभारम्भ गरे ।

कमेन्ट गर्नुहोस्