पूर्वप्रधानमन्त्री रजाकलाई देश छोड्न प्रतिबन्ध, महाथिर भन्छन-कारबाही हुन्छ

काठमाडौं, वैशाख २९ । मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ ।

शनिवार पूर्वप्रधानमन्त्री रजाक श्रीमती लिएर देशबाहिर बिदामा जाने तयार गरेपछि मलेसियाको अध्यागमन अधिकारीहरूले उनीमाथि प्रतिबन्ध लगाइएको बताएका हुन ।

यो साताको शुरुमा रजाकको लामो समयदेखि शासन गरिरहेको बारिसन नाशिओनल गठबन्धनले चुनावमा नराम्रो हार व्योहोरेको थियो ।

देशको लगानी कोषबाट सात करोड डलर देश बाहिर पठाएको अभियोग रजाकलाई सन् २०१५ मा लागेको थियो।

९२ वर्षीया महाथिर मोहमदले बिहीबार मलेशियाका नयाँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् जो विश्वकै पाका निर्वाचित नेता हुन्।

उनले देशको लगानी कोषसहित नजिबमाथि लागेका भ्रष्टाचारका अभियोगमा अनुसन्धान हुने बताएका छन्।

नजिबले भने आफूले देशको कोषबाट त्यस्तो कुनै हिनामिना नगरेको बताउँदै आएका छन्।

नजिबले अध्यागमनका अधिकारीहरूले आफूलाई देश छोड्न नपाउने जानकारी गराएको भन्दै ट्वीट गरेका छन्।

रजाकले बारिसन नाशिओनल गठबन्धन र आफ्नै युनाइटेड मले नेशनल अर्गनाइजेशन पार्टीको अध्यक्ष पदबाट पनि राजीनामा दिन लागेको घोषणा गरे।

यसअघि ६४ वर्षीय नजिबले आफू र आफ्नी श्रीमती शनिवार बिदा मनाउन देशबाहिर जान लागेको बताएका थिए।

उनी इण्डोनेशियाको राजधानी जकार्ता जान खोजिरहेको ठानिएको थियो

कमेन्ट गर्नुहोस्