आज आइपिएलमा सन्दीप लामिछाने पहिलोपटक खेल्दै

नयाँ दिल्ली, नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले आज आइपिएलमा पहिलो खेल खेल्दै छन् । रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सञ्जिबको डेब्यू खेल हुने छ । भर्खर शुरु भएको खेलमा दिल्लीले अहिले ब्याटिङ गरिरहेको छ ।

आइपिएल खेलमा पहिलो नेपाली खेलाडी बनेका सन्दीपले यसअघिका खेलमा भने खेल्न पाएका थिएनन । दिल्ली डेयरडेभिल्स टीममा आबद्ध सन्जीबको खेल आज नेपाली समय  आठ बजेबाट शुरु हुने छ ।

दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो ।

११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।

कमेन्ट गर्नुहोस्