बिश्वकर्मा समाज युएईको दुबई क्षेत्रीय समिति अध्यक्षमा गगन बिक ।

युएई ।
बिश्वकर्मा समाज नेपाल युएई अन्तर्गत दुबई क्षेत्रीय समितिमा गगन बिक सर्बसम्मत चयन भएका छन ।
युएईको दुबई स्थित जावेल पार्कमा ११ मे २०१८ का दिन सम्पन्न समाजको दोश्रो भेलाले समाजको गाम बहादुर बिक (गगन)को अध्यक्षता रहने गरि १५ सदस्यीय कार्यसमिती छनोट गरेको हो ।

सस्थाका प्रमुख संरक्षक योगेन्द्र सिंह बिश्वकर्मा, संरक्षक बाबुराम बिश्वकर्मा, केन्द्रिय अध्यक्ष देब बिश्वकर्मा लगायतको थुप्रै केन्द्रिय सदस्यहरुको उपस्थितिमा उक्त दोश्रो भेला सम्पन्न भेक थियो ।
भेलाले अध्यक्षमा गाम बहादुर बिक (गगन) उपाध्यक्षमा हुम बहादुर बिक र टेक बहादुर बिक सचिब हुम कौशल बिक सहसचिव कमला बिक कोषाध्यक्ष भिम सुनार सहकोषाध्यक्ष गोपाल बिक रहेका छन ।

नव गठित कार्यसमिति सदस्यहरुमा जुना बिक, रिता सुनार, अन्जु रसाइली, सुनिता बिक, महादेब बिश्वकर्मा, दिनेश बिश्वकर्मा, राजन बिक र गोपाल बिक रहेका छन ।
नवगठित कार्यसमिति लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै समजका प्रमुख संरक्षक योगेन्द्र सिङ बिश्वकर्माले स्वदेश तथा बिदेशमा रहेका बिश्वकर्मा समुदायको हकहितको लागि सबै एक हुनुपर्ने बताए भने सस्थाका सस्थापक अध्यक्ष तथा संरक्षक बाबुराम बिश्वकर्माले समाजले हाल सम्म गरेको राम्रो कामहरुको प्रसम्शा गर्दै नव निर्वाचित कार्यसमिति लाई धन्यवाद सहित बधाई दिएका थिए ।

कमेन्ट गर्नुहोस्