३ हप्तामैं फैसला, ४ वर्षीया बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय

नयाँ दिल्ली । भारतीय न्यायालयको इतिहासमा पहिलोपटक बलात्कारको घटनामा ३ हप्तामा फैसला सुनाइएको छ ।

मध्यप्रदेशको इन्दौरमा एकजना २१ वर्षीय युवाले ४ महिनाको बालिका बलात्कार गरेको घटनामा अदालतले यति छिटो सुनुवाई गरेको हो ।

बलात्कारी ठहर भएका युवालाई फाँसीको सजाय सुनाइएको छ ।

निज युवकले ४ महिनाको बालिकालाई बलात्कारपछि हत्या गरेका थिए ।

हालैमात्र भारतले बालबालिकमाथि हुने यौन हिंसाविरुद्दको कानुनमा ऐतिहासिक संशोधन गर्दै १२ वर्ष मुनिका बालबालिकालाई बलात्कार गरेको ठहर भएमा फाँसीको सजाय दिने प्रावधान थप गरेको थियो ।

मृतक बालिकाको काका नाता भएका ती युवकले बालिका सुतिरहेको बेला उक्त कुकृत्य गरेका थिए । भारतीय इतिहासमा नै अत्यन्तै क्रूर र पाशविक मानिएको उक्त घटनामा अदालतले तीन हप्ताभित्रै सुनुवाई गरेर बलात्कार घटनाविरुद्ध न्यायालयको प्रभावकारी भूमिकाको नजिर समेत स्थापित गरेको छ ।

कमेन्ट गर्नुहोस्