सन्दीप ले झारे पहिलो आइपिएल विकेट

नयाँ दिल्ली, नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो आइपिएल खलमा पार्थिव पटेलले प्याभेलियन फर्काउँदै आफ्नो डेब्यु खेलमा नै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।
सन्दीप आइपिएलमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन ।

भारतीय राजधानी नयाँ दिल्लीको फिरोज शाह कोटला मैदानमा भइरहेको आजको खेलमा दिल्लीले शुरुमा ब्याटिङ गदै रोयल च्यालेन्जर ब्यांग्लोरलाई ४ विकेटको क्षतिमा १ सय ८२ रनको लक्ष्य दिएको छ ।

आजको बलिंगको ओपनिंग गरेका सन्दीपले आफ्नो स्पेलको दोस्रो ओभारा महत्वपूर्ण सफलता हात पारेका हुन् ।

अहिले खेल जारी छ र रोयल च्यालेंजर्स ब्यांग्लोरले ४.४ ओभरमा २ विकेट गुमाएर ४० रन बनाई सकेको छ ।

भारतीय क्रिकेट कमेन्टेटर एवं पत्रकार हर्ष भोगलेले आफ्नो ट्विटमा ‘नेपालका युवा क्रिकेटर सन्दीपले आफ्नो पहिलो आइपिएल विकेट लिए’ भन्दै लेखेका छन् ।

कमेन्ट गर्नुहोस्