Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिद्धियो सन्दीपको बलिङ; दिल्लीको तर्फबाट उत्कृष्ट इकोनोमीका साथ शानदार प्रदर्शन

सन्दीप लामिछाने आजको म्याचमा दिल्लीको तर्फबाट सबैभन्दा सफल बलर साबित भएका छन् । उनले आफ्नो स्पेलका ४ वटै ओभर सिध्याएका छन् र उनले आफ्ना कप्तानको निर्णयलाई गलत साबित हुन् दिएनन् ।

आइपिएलको एघारौं शृंखलाको ४५ औं म्याच जाल दिल्ली डेयर डेभिल्स र रोयल च्यालेंजर्स ब्यांगलोरबीच नयाँ दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा खेलिंदै छ र दिल्लीले पहिले ब्याटिङ गर्दै ब्यांग्लोरसामु १८२ रनको लक्ष प्रस्तुत गरेको छ ।

भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेंजर्स ब्यांग्लोरले निर्धारित लक्ष पछ्याउने क्रममा 11 ओभरको खेल समाप्त हुँदासम्म २ विकेटको क्षतिमा १०३ रङ बनाइ सकेको छ ।

उसका लागि विराट कोहली ले ५७ र एबी डिभिलियर्सले ३४ रन बनाएर खेल्दै छन् ।

दिल्लीको तर्फबाट सन्दीपलाई एक र बोउल्टलाइ एक सफलता प्राप्त भएको छ । सन्दीपले तेस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई एलबीडबलयु आउट गरेका थिए ।

आज बलिङ गरेका दिल्लीका बलरहरू मध्ये सन्दीपको इकोनोमी रेट सबैभन्दा उत्कृष्ट रहेको छ ।

तीन ओभरसम्म रनमा साह्रै अंकुश लगाउन सफल सन्दीपलाई उनको चौथो ओभरमा एबी डिभिलियर्सले त्यसो गर्न दिएनन् । उनले सन्दीपको आखिरी ओभरमा एक छक्क सहित १० रन बनाए ।

यति हुँदा पनि सन्दीपले ४ ओभरमा २५ रन मात्र दिएका छन् । जबकि उनीभन्दा पछाडि ट्रेन्ट बोउल्ट, अमित मिश्रा र हर्षल पटेलको इकोनोमी रेट १०-१० छ भने जुनियर डाला साह्रै महँगा साबित भएका छन् । उनको इकोनोमी रेट १३ रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: