बस दुर्घटनामा ५ को मृत्यु, एकाबिहानै प्युठान शोकमग्न

प्युठान, वैशाख २९ । जिल्लाको सरुमारानी गाउँपालिकाको पाकुरी खोला नजिकै भएको यात्रु बाहक बस दुर्घटनामा परी चालक सहित ५ जनाको ज्यान गएको छ ।

महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको उक्त बस दुर्घटना हुँदा २० बढी घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल विजुवार लगिएको छ ।

दुर्घटना आज बिहानै ३ बजे भएको प्युठान प्रहरीले पुष्टि गरेकोछ । मारिनेहरूमा ४ जनाको घटनास्थलमै १ जनाको जिल्ला अस्पताल बिजुवार ल्याउने क्रममा भएको बताइएको छ ।

घाइतेहरुमध्ये केहीको अवस्था गंभीर रहेको र उनीहरूलाई बुटवल रेफर गरिएको छ भने अन्यो उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

मारिनेहरूमा बस चालक कैलाली घर भएका बीरबहादुर चौधरी रहेको अन्य दुई पुरुष र दुइ महिलाको सनाखत हुन् नसकेको प्रहरीले जनाएको छ ।

गाडी ओरालोमा भएका बेला करिब दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

 

कमेन्ट गर्नुहोस्