इण्डोनेशियाको चर्चमा विष्फोट, २ जनाको मृत्यु

जाकार्ता, इण्डानेशियाका बिभिन्न तीनवटा चर्चमा शक्तिशाली बम विष्फोट हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ ।

इण्डोनेशिया संसारको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश हो ।

सिएनएनका अनुसार, आइतबार बिहानै इण्डोनेशियाको सुराबायामा रहेको क्याथोलिक चर्च सेन्ट मेरिया र पेन्टेकोस्टल चर्चमा विष्फोट भएको थियो । घटनामा १३ घाइते भएका छन ।

प्रहरीले आत्मघाती विष्फोट गरिएको आशंका गरेको छ । घटनाको बिस्तृत विवरण आउन भने बाँकी छ ।

प्रहरीले घटनास्थलको घेराबन्दी गर्दै जाँच कार्य अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्