सिपी गजुरेलसहितका २९ जना माओवादी नेता पक्राउ

काठमाडौं, बैशाख ३० । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलसहितका २९ जना नेताहरु पक्राउ परेका छन् ।

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा सडकमा उत्रिएका उनीहरुलाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका माओवादी नेताहरुमा ५ जना महिलाहरु छन् ।

यसअघि आजै ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाललाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ परेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मोदीविरोधी गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी दक्षिण अफ्रिकाको भ्रमणबाट फर्कंदै गर्दा पक्राउ परेका हुन् ।

नेपालको समूहले भारतको हस्तक्षेपविरुद्ध दबाबमूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । भ्रमणको विरोध गर्न सक्ने आशंका गरिएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । नाकाबन्दी लगाउने मोदीलाई नागरिक अभिनन्दन गरिएको भन्दै आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्