Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं उपत्यकामा ‘नेकपा’को बन्द निस्क्रिय, धोका पाए विप्लवले

काठमाडौं, ३० वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा परेको छैन ।

राजधानी उपत्यकामा बिहानैदेखि सवारी साधन चलेका छन् । महानगरीय ट्राफिक प्रहरीका अनुसार सवारी काठमाडौं उपत्यकाभित्र सवारी आवागमन सुचारु रहेको जनाएको छ ।

नेकपाको बन्दलाई ध्यान दिएर प्रहरीले राजधानीमा उच्च सुरक्षासर्तकता अपनाएको छ । प्रमुख स्थानहरूमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द मोदीको नेपाल भ्रमण र भएका सहमति तथा सम्झौताको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: