१ सय ८० एम्पुलसहित एकजना पक्राउ

काठमाडौं । लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग बलम्वुको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चन्द्रगिरि १४ बालकुमारीबाट १ सय ८० एम्पुलसहित पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा पर्सा जिल्ला दुर्गा गाउँपालिका ९ बस्ने वर्ष ३० को अनिलकुमार गुप्तालाई पक्राउ गरिएको महानगरिय प्रहरी प्रभागका प्रहरी निरिक्षक शर्मिला गुरुङले बताईन ।

विशेष सुराकीको आधारमा महानगरिय प्रहरी प्रभाग वलम्वुको प्रहरी साहायक निरिक्षक गोविन्दबहादुर साउदको कमाण्डमा गएको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो ।

उनको साथ वाट नुफिन ५८ एम्पुल,फेनार्गन ६३ एम्पुल,डाईजाल्याव ५९ एम्पुल , लागुऔषध वरामद गरएको छ । प्रहरी निरिक्षक शर्मिला गुरुङले लागुऔषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईने जानकारी दिए ।

प्रकाउ पर्ने गुप्तालाई लागुऔषध ऐन अन्र्तगत मुद्धा चलाईने प्रहरीले जनाएको छ । महानगरिय प्रहरी प्रभाग वलम्वुले पछिलो समय लागुऔषध नियन्त्रणका लागि विशेष अप्रेसन सुरु गर्दे आईरहकेको छ । जस अन्र्तगत १ दर्जनभन्दा बढीलाई मुद्दा चलाइसकेको प्रहरी निरिक्षक गुरुङले बताइन् ।

कमेन्ट गर्नुहोस्