सञ्चारकर्मीसहित प्रदर्शनमा स‌ंलग्न रहेका अाठजना नियन्त्रण

काठमाडौं । विवेकशील साझाका चन्द्रागिरि वडा १ संयोजक सहित आठ पक्राउ परेका छन् ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको विरोधमा ब्यानर र कालो झण्डासहित विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले दहचोकको सृजना चोकमा प्रदर्शन भएको थियो । प्रदर्शनमा संलग्न विवेकशील चन्द्रागिरि नगरपालिका वडा नं.१ संयोजक पवन गिरी , उप–संयोजक विनय थापा, सचिव अमृत गिरीसहित ८ जनालाई पक्राउ गरेको हो ।

सृजना चोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ ।

प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले निरंकुश चरित्र देखाएको पक्राउ परेका चन्द्रागिरि वडा नम्बर १को विवेकशिल साझा पाटीका सचिव अमृत गिरीले बताए ।

सोही क्रममा समाचार संप्रेशन गर्न खोज्दा सञ्चारकर्मी रोशन दानीलाई समेत महानगरीय प्रहरी प्रभाग वलम्वुले नियन्त्रणमा लिएको हो । सञ्चारकर्मी दानीले प्रेस कार्ड छुटेको र उनीहरूलाई नियन्त्रणमा लिदा सञ्चारकर्मी दानी समेत प्रहरीले नियन्त्रण लिएको हो ।

कमेन्ट गर्नुहोस्