तीर्थालु बाेकेकाे बस ३०० मिटर तल खाेंचमा खस्दाँ ७ जनाको मृत्यु

हिमाचल, वैशाख ३० । हिमाचल प्रदेशको सिरमौरमा आइतबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्रामा हिडेका ७ जना श्रद्धालुको मृत्यु भएको छ । साथै दुर्घटनामा परि अन्य १२ जना घाइते भएका छन् ।

घाइतेहरुलार्इ सोलनको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

याे पनि पढ्नुस  सुर्खेतको एमाले मोडमा बस दुर्घटना हुँदा एकको मृत्यु, २७ जना घाइते

दुर्घटना हिमाचलको राजगढ उपमण्डलको नई नेटी गाउँ नजिक भएको हो । दुर्घटनाग्रस्त प्राइवेट बसमा करीब ३२ यात्री सवार थिए ।

भगनाल कोचको HP 64-9097 मानवबाट सोलन गइरहेको उक्त बस नई नेटी नजिक अनियन्त्रत भए सडकबाट ३०० मिटर तल खसेको हो।

याे पनि पढ्नुस  दाङमा बस दुर्घटनाः १५ घाइते, ४ जनाको अवस्था गम्भीर

कमेन्ट गर्नुहोस्