प्रधानसेनापति किन जाँदैछ्न पाकिस्तान ?

काठमाडौं, वैशाख ३०। पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।

आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री यही वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  पाकिस्तानमा हिन्दू प्रधानाध्यापकमाथि 'ईशनिन्दा'को आरोप लागेपछि सामाजिक सञ्जाल मा यस्तो प्रतिक्रिया

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फिर्ता हुनुहुनेछ ।

उच्च सैन्य नेतृत्वबाट हुने यस्ता भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

याे पनि पढ्नुस  पाकिस्तानमा हिन्दू प्रधानाध्यापकमाथि 'ईशनिन्दा'को आरोप लागेपछि सामाजिक सञ्जाल मा यस्तो प्रतिक्रिया

कमेन्ट गर्नुहोस्