बढी नाफाको चाहाना भए व्यक्तिगत व्यवसाय गर्न गर्भनर डा. नेपालको बैंकरलाई सुझाव

काठमाडौं, वैशाख ३० । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बढी नाफा कमाउने इच्छा भए व्यक्तिगत व्यवसाय चलाउन बैंक सञ्चालकहरुलाई सुझाव दिएका छन् ।

आइतबार मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक गाभिएको (मर्जर) घोषणा कार्यक्रममा सम्बोधन गदैृ गभर्नर डां नेपालले बैंक तथा वित्तीय संस्था गैरनाफामुखी संस्था रहेको बताउँदै नाफा कमाउने चाहाना भए व्यक्तिगत गरे राम्रो हुने बताएका छन् ।

उनले भने, ‘बैंक तथा वित्तीय संस्था भनेको जनताको पैसालाई जिम्मेवारीपूर्वक लगानी गर्न स्थापना भएको संस्था हो। यसमा नाफाभन्दा सेवाको भावना बढी हुन आवश्यक छ।’

डा नेपालले बैंकमा भित्रिएको पैसा सबै आफ्नै हो भन्ने सोच्ने प्रवृत्ति बैंक तथा वित्तीय संस्था सञ्चालकहरुमा रहेको बताए।

‘बैंक तथा वित्तीय संस्थामा निक्षेपमा संकलन गरेको पैसा सबै मेरो हो भन्ने सोच्ने र छोटो समयमा धेरै नाफा कमाउन चाहनुहुन्छ भने व्यक्तिगत व्यवसाय गर्नुहोस्। बैंक तथा वित्तीय क्षेत्रमा यो छुट छैन’, उनले भने।

उनले बैंक तथा वित्तीय क्षेत्रमा भएको अनियमिततालाई राष्ट्र बैंकले नजिकबाट नियालेको बताए। उनले अनियमितता अन्त्य गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक कारबाही गर्न तयार रहेको समेत बताए।

मर्जसँगै चुक्ता पुँजीको आधारमा मेगा बैंक नेपालको तेस्रो ठूलो बाणिज्य बैंक बनेको छ ।

कमेन्ट गर्नुहोस्