नेपाली कामदरका समस्या समाधान गर्न कतार सरकारले तत्काल पहल गर्ने

दोहा, वैशाख ३० । नेपाली श्रमिकले कतारमा भोग्नुपरेका सबैखाले समस्या समाधान गर्न कतार सरकार सदैब तयार रहेको बताएको छ ।

नेपाली दूतावास कतारका महामहिम राजदूत प्रा. रमेशप्रसाद कोइराला र कतारको परराष्ट्र मन्त्रालयका एशियन अफेयर्शका निर्देशक एचइ खालिद इब्राहिम अब्दुल रहमान अल अमारबीच गत बुधबार कतारको परराष्ट्र मन्त्रालयमा भएको भेटमा कतारमा कार्यरत नेपाली श्रमिकका विविध समस्या माथी छलफल गर्दै तत्काल समस्या समाधानमा पहल गर्न कतार तयार रहेको दूतावासले जानकारी दिएको छ।

यस्तै भेटमा दुई देश बीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने लगायत नेपाल र कतार बीचको सम्बन्धका विविध विषयहरुमा छलफल भएको दूतावासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्