केटीले नै मन्जुर नगरेपछि रोकियो बालविवाह

महोत्तरी, वैशाख ३१ । महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ ।

जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा रोकिएको हो ।

जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार दुलही रागिनीले नै सो विवाह अस्वीकार गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरीको टोलीले सो विवाह रोकेको हो ।

उक्त बालविवाह रोका गरी दुलाहा र दुलहीलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले जानकारी दिए । (रासस)

कमेन्ट गर्नुहोस्