प्रधानसेनापति आज पाकिस्तान जाने

काठमाडौं, बैशाख ३१ । प्रधानसेनापति राजेन्द्र क्षत्री सोमबार पाकिस्तान जान लागेका छन् ।

उनले पाकिस्तानको तीनदिने भ्रमण गर्नेछन् ।

पाकिस्तान आम्र्ड फोर्सका प्रमुख जनरल जुबाईर मोहमदको निमन्त्रणामा प्रधानसेनापति क्षत्री पाकिस्तान जान लागेका हुन् ।

क्षत्री जेठ ४ गते स्वदेश फर्किने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्