माओवादी – एमाले एकता हुन्छ तर समय लाग्छ : कांग्रेस नेता पौडेल

उहाँहरुको पार्टी एकताको बिषयले जनतालाई असर गर्नुहुँदैन,त्याे कांग्रेसलाई सैह्य हुँदैन । " 

काठमाडौं, बैशाख ३१ ।  नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता हुने तर समय लाग्ने टिप्पणी गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच खटपट सुरु, वाम एकतामा आशंका जस्ता समाचार सम्प्रेषण भइरहेका बेला कांग्रेस नेता पौडेलले दुई पार्टी मिल्नुको विकल्प नरहेको र त्यसले नेपाली राजनीतिमा ठूलो असर नगरेपनि अस्थिर राजनीतिलाई रोक्न मद्धत गर्ने बताए ।

उनले भने “यो उहाँहरुको बिषय हो, मिल्नुहोला भन्ने नै लाग्छ तर समय लिने जस्तो देख्छु । एकले अर्कोलाई विश्वास नगरेजस्तो देखिन्छ । तरपनि दुबै पार्टी सिद्धान्त एकै हो भने अलग बस्नुको पनि खास अर्थ रहँदैन । भागवण्डा मिलेपछि मिल्नुहोला तर गम्भिर बिषय के हो भने दुबै पार्टीले एकताको नाममा देशलाई गुमराहमा राख्ने कोसीस गरिरहेका छन् । त्यसको भने हामी प्रतिरोध गछौँ । उहाँहरुको पार्टी एकताको बिषयले जनतालाई असर गर्नुहुँदैन । जनताले राजनीतिक स्थिरतासंगै आर्थिक विकास र समृद्धि खोजेका छन् । त्यसलाई रोक्ने प्रयास गरिए त्यो कांग्रेसलाई सैह्य हुँदैन । ” 

बजेट निर्माण तथा हाल संसदमा छलफल जारी रहेको बजेटका आधारभूत तथा सैद्धान्तिक पक्ष समेटिएको विनियोजन विधेयक, सचिवहरुको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहतमा ल्याउने लगायत सरकारको निर्णय प्रधानमन्त्रीले एकलौटी रुपमा गरेको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ ।

 

गम्भिर बिषय के हो भने दुबै पार्टीले एकताको नाममा देशलाई गुमराहमा राख्ने कोसीस गरिरहेका छन् । त्यसको भने हामी प्रतिरोध गछौँ । उहाँहरुको पार्टी एकताको बिषयले जनतालाई असर गर्नुहुँदैन । जनताले राजनीतिक स्थिरतासंगै आर्थिक विकास र समृद्धि खोजेका छन् । त्यसलाई रोक्ने प्रयास गरिए त्यो कांग्रेसलाई सैह्य हुँदैन । “

माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी प्रभावशाली मन्त्री वर्षमान पुनले त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै गुनासो नै पोखेका छन् ।

 

कमेन्ट गर्नुहोस्