सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना

भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगर प्रहरी भर्ना गरेको हो ।

भर्ना भएका ती नगर प्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको छ । तालीम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाले नगर प्रहरीको तालीम सकिएलगत्तै नगरको रेखरेखका लागि परिचालन गर्नेछ । उनीहरुले नगरपालिकाको मापदण्ड र नियम बाहिर गएर गर्ने कुनै पनि कार्यलाई हटाउने छन् ।”

नगरप्रहरी राख्ने भक्तपुरमा सूर्यविनायक पहिलो नगरपालिका हो । आवश्यकताअनुसार नगरप्रहरीको संख्या थपिँदै जाने बताइएको छ ।रासस

कमेन्ट गर्नुहोस्