Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सामुदायिक लघुवित्तको नाफा २ गुणा बढ्यो

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको तेस्रो त्रैमासमा खुद नाफा २ गुणा बढेको छ । गत आवको तेस्रो त्रैमासमा रू‍. ५८ लाख ७० हजार खुद नाफा रहेको चालू आवमा बढेर रू। १ करोड ३७ लाख पुगेको छ ।

त्यस्तै, यस कम्पनीको सञ्चालन मुनाफा २ गुणा बढेर रू। २ करोड १५ लाख पुगेको छ भने खुद ब्याज आम्दानी ७ दशमलव ९८ प्रतिशत बढेको छ ।

कम्पनीको चुक्तापूँजी २७ दशमलव २७ प्रतिशत बढेर रू। ७ करोड पुगेको छ । कम्पनीको कर्जा तथा सापटी ३९ दशमलव ४० प्रतिशत बढेर रू। ७१ अर्ब ६५ करोड पुगेको छ ।

साथै, कुल सम्पत्ति ४५ दशमलव ७२ प्रतिशत बढेर रू। ८४ करोड ३६ लाख पुगेको छ । कम्पनीको जगेडा कोष रकम २ गुणा बढेको छ । निष्क्रिय कर्जा १ दशमलव ७८ रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: