गंगन थापाको प्रधानमन्त्रीलाई प्रश्न–भारतको सेना किन आयो, कतै कालापानी दोहोर्‍याउन खोजिएको त होइन ?

काठमाडौं, वैशाख ३१ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतको सेना नेपाल आउनु कालापानी दोहो्र्याउन पड्यन्त्र हुँदै त छैन भनी प्रश्न गरेका छन् ।

संसद्‌मा सोमबार सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीमा हीनताबोध देखिएको बताए। संसदमा सम्बोधनका क्रममा थापाले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो, देशको हित विपरीत काम गरेको छैन । कसले भनेको थियो, न सडकमा कसैले भनेको थियो, न संसद्‌मा। यो हीनताबोध किन ?

ओलीभन्दा अघि दुई जना प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गर्नुभएको थियो, थापाले भने, ‘तर, उसैगरी कुरा गर्दा कसैलाई सिंगडा खान गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनियो। आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ।’

‘भारतीय राष्ट्रपतिको तामझामलाई व्यंग्य गर्दै एमाले अध्यक्षले त्यतिबेला भनेका थिए– भ्रमण ठीक छ। तर, यो तामझाम हेर्दा भन्न मन लागेको छ कि सरकार लम्पसारवादी भएको छ, थापाले भने, ‘उहाँकै परिभाषा अनुसार यो तामझामलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’

‘हिजो भारतसँग कुराकानी मात्रै गर्नुपर्छ भन्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दाखेरी घुँडामा घाउ भयो भन्नुभएको थियो’, थापाले भने, ‘तर, हिजो अबदेखि नाकाबन्दी हुँदैन भनेर जिम्मा लिएर भन्ने प्रधानमन्त्रीलाई मैले भन्न पाउने कि नपाउने– तपाईंको घुँडामा भ्वाँङ पर्‍यो कि परेन ?’

‘हिजो चुनावका बेला मैले मात्र नेपाल बचाएको छु, अरु सबै नेता नेपाल बेच्न उद्दत छन् भनेर भन्नुभएको, मैले त्यही क्षण सम्झाएको छ, थापाले थपे, ‘हिजो अरुलाई कुरीकुरी भन्नुभएको थियो, आज नांगै हिँड्नुभएको छ।’

थापाले सरकारले चाकडी र लम्पसारवादी व्यवहार देखाएको आरोप लगाए। उनले नाकाबन्दी बिर्सेका छैनौं भन्नेहरुलाई सरकारले देखाएको व्यवहारको आलोचना समेत गरे।

‘हिजो एमालेका साथीहरुले भारतीय राजदूतावासको अगाडि गएर प्रदर्शन गर्न पाउने, तर आज कसैले आफ्नो पार्टी कार्यालयको अगाडि ब्यानर राख्न नपाउने’ कोही पत्रकारले प्रवेश गर्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउनेु, थापाले प्रश्न गरे, ‘यो कस्तो लम्पसारवाद हो ? यो कस्तो चाकडी हो ?’

हिजो अरूलाई कुरीकुरी गर्ने प्रधानमन्त्री आज नाङ्गै हिड्नु भएको छः गगन थापा

हिजो अरूलाई कुरीकुरी गर्ने प्रधानमन्त्री आज नाङ्गै हिड्नु भएको छः गगन थापाhttps://setopati.com/politics/157976 Gagan Thapa Gagan Thapa

Posted by Setopati on Monday, 14 May 2018

कमेन्ट गर्नुहोस्