सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ६४ लाख

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा रू.११ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा दोस्रो त्रैमासको भन्दा ४३ प्रतिशतले बढी हो ।

दोस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड १० लाख नाफा कमाएको थियो । यस कम्पनीले २०७४ असोज ६ गतेदेखि कारोबार शुरु गरेको हो ।

कम्पनीले १२ करोड ३० लाख आम्दानी गरेकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ भने रिजर्भ कोषमा रू.१२ करोड २२ लाख छुट्याएको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १७ करोड १३ लाख बीमा शुल्क आर्जन गरेको छ भने बीमा लेखको सङ्ख्या ५ हजार ५ सय ५१ रहेको छ ।

कमेन्ट गर्नुहोस्