बक्सअफिसमा आलिया भट्ट अभिनित फिल्म ‘राजी’ को तहल्का, यस्ताे छ पहिलाे ३ दिनकाे कमार्इ

काठमाडौं, वैशाख ३१ । बलिउड अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘राजी’ शुक्रबार रिलिज भयो । राजीले शुरुवाती दिनमा बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । राजीमा गरेको अभिनयका कारण आलिया यतिबेला चर्चाको शिखरमा छन् ।

फिल्मले पहिलो दिन ७.५३ करोडको कमाई गरेको थियो भने दोस्रो दिन शनिवार ११.३० करोड भारु कमाई गरेको छ । भने तेस्रो दिन १४.११ करोड कमाउन सफल भयो । फिल्म क्रिटिक्सका भनाइलाई आधार मान्ने हो भने सोमबार फिल्मले जम्मा ६ करोड कमाउने अनुमान छ ।

माउथ पब्लिसिटीको कारण चलचित्रले आइतबार अझ राम्रो कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् । १९७१ मा भएको भारत र पाकिस्तान पृष्ठ भूमिका आधारित रहेर बनाइएको चलचित्रमा आलिया जासुसको भूमिकामा देखिएकी छिन् ।

फिल्ममा उनको साथमा विक्की कौशलको मुख्य भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्