कांग्रेसका बरिष्ठ नेता थरुरविरुद्ध श्रीमति हत्या आरोपमा मुद्दा दायर

नयाँदिल्ली, वैशाख ३१ । भारतीय कांग्रेसका वरिष्ठ नेता शशी थरुरविरुद्ध श्रीमति हत्या आरोपमा सोमबार दिल्ली पुलिसले अदालतमा मुद्दा दर्ता गरेको छ ।

थरुरकी पत्नी सन २०१४ को जनवरी १७ तारिकका दिन दिल्लीको पाँचतारे होटेल लीलामा सुनन्दा पुष्कर शंकास्पद अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन ।

दिल्ली प्रहरीको तर्फबाट मेट्रोपोलिटन मजिस्ट्रेट धर्मेन्द्र सिंहले अदालतमा मुद्दा दर्ता गरेका हुन ।

मुद्दामा आइपीसीको धारा ४९८ ए (महिलामाथि क्रूरताका लागि पति या उसको नजिकको कोही जिम्मेदार) र धारा ३०६ (आत्महत्याका लागि उक्कासने) अनुसार सजायको माग दाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्