जनकपुर भारतमा गाभ्नु पर्ने भाजपा सांसद आजादको अभिव्यक्तिप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं, वैशाख ३१। भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले जनकपुर भारतमै फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा रहेकै समयमा भाजपाका लोकसभा सदस्य आजादले ट्वीटमार्फत जनकपुरलाई फिर्ता लिएर माथिला राज्य बनाउनु पर्ने आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कांग्रेसले गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

याे पनि पढ्नुस  यस्ताे छ कांग्रेस केन्द्रीय समितिले पारित गरेकाे १७ बुँदे प्रस्ताव

‘दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुरसम्बन्धमा खलल पुर्‍याउने अभिप्रायाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

सांसद आजादको उक्त अभिव्यक्तिको भत्र्सना गर्दै कांग्रेसले सांसदबाटै आएको यस्तो अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सहृय हुन नसक्ने बताएको छ ।

याे पनि पढ्नुस  यस्ताे छ कांग्रेस केन्द्रीय समितिले पारित गरेकाे १७ बुँदे प्रस्ताव

यससम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न कांग्रेसले माग गरेको छ ।

कमेन्ट गर्नुहोस्