उद्योगमा लोडसेडिङ मुक्त गरेकोमा महासंघद्वारा ऊर्जामन्त्री पुनकाे प्रश‌ंसा

काठमाडौं, जेठ १ । औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणाको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

वैशाखबाट लागू हुनेगरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफलरुपमा कार्यान्वयन गर्न ऊर्जामन्त्री, ऊर्जा मन्त्रालय र प्राधिकरणलाई प्राप्त सफलताप्रति महासंघले खुसी व्यक्त गरेको छ ।

गार्हस्थ प्रयोगमा यसअघि नै प्राधिकरणले प्रभावकारी व्यवस्थापन गरी सकेको छ भने औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घन्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग–व्यवसाय विस्तार हुने महासंघको विश्वास छ ।

साथै, भएका उद्योग–व्यवसायको निर्वाध सन्चालन, उत्पादन, प्रवद्र्धन तथा नयाँ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक विकास, लगानी आकर्षणमासमेत मद्दत पुग्ने पनि महासंघको विश्वास छ ।

यस्तै, नयाँ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत् मागेका बखत सहजरुपमा उपलब्ध गराइदिने वातावरणका लागि पनि महासंघले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्