कर्नाटक चुनाव अपडेट : भाजपाको अग्रता, कांग्रेस पछाडि

काठमाडौं, जेठ १ । कर्नाटकमा गएको शनिबार भएको विधानसभा चुनावको मतगणना सुरु भएको छ । जारी मतगणाको सुरुवाति परिणामा भारतीय जनता पार्टी, भाजपाले अग्रता लिएको छ । यस्तै अहिले कर्नाटकमा सत्तामा रहेको कांग्रेस पछि देखिएको छ ।

कर्नाटकमा लामो चुनावी अभियानपछि शनिबार २२४ मध्ये २२२ विधानसभा सिटका लागि मतदान भएको थियो । यो चुनावलाई आउँदो वर्ष हुने लोकसभा चुनावको महोलका रुपमा हेरिएको छ ।

१४१ सिटको सुरुवाति मतपरिणाम अनुसार केन्द्रमा सत्तामा रहेको भाजपाले ६४ सिटीमा अग्रता लिएको छ भने कांग्रेस ४२ सिटमा अघि रहेको छ । यस्तै जनता दल सेक्युलर २७ सिटमा अघि रहेको छ ।

कमेन्ट गर्नुहोस्