चेकजाँचका क्रममा लागूअौषधसहित एक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध सहित एक जनालाई पकाउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको यात्रुवाहक बस चेक गर्ने क्रममा दुहवी नगरपालिका २ सुनसरी बस्ने वर्ष २३ को श्याम शाहलाई पक्राउ गरेको हो ।

शाहको साथबाट एभिल ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, फेनार्गन ५० एम्पुल डाईजाल्याव ५० एम्पुल गरी जम्मा २०० एम्पुल र ३०० ट्याव्लेट नाइट्रोवेट अवैध लागूऔषध बरामद गरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशवराज भट्टले बताए ।

प्रहरी निरिक्षक भट्टले थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएको जानकारी दिए । उनलाई लागुऔषध एेन अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्