यस्तो छ कथा- दृष्टिविहीन शिक्षिका चिजा थापाको ? (भिडियोसहित)

चिजा थापा पूर्णरूपमा दृष्टिविहीन शिक्षिका हुन्।

म्याग्दी घर भएकी उनका अनुसार १० वर्षको उमेरसम्म उनी दिउँसो देख्ने भएपनि राति देख्दिन थिइन् । २० वर्ष हुँदा त उनले आफ्ना दुवै आँखाका ज्योति गुमाइन् ।

तर उनले हिम्मत हारिनन् । पढ्न छोडिनन् र संघर्ष गरिराखिन् ।

विगत १० वर्षदेखि पढाउन थालेकी उनी हाल बाग्लुङस्थित रुद्रेपीपल माध्यमिक विद्यालयमा अनुदानको कोटामा शिक्षिका छिन्।

उनको एउटा अपेक्षा छ– स्थायी शिक्षक बन्ने ।

संघर्ष नै जीवन हो भन्ने मान्यता राख्ने उनी भन्छिन्, ‘अपाङ्गता भएका व्यक्तिले पनि सहयोग र अवसर पाए अरूले जसरी नै काम गर्न सक्छन् ।’

उनी कसरी पढाउँछिन् त ?

हेर्नुहोस् भिडियो–

बीबीसीबाट

 

 

कमेन्ट गर्नुहोस्