प्रधानमन्त्री मोदीको पार्टीलाई कर्नाटकमा इतिहासकै ठूलो सफलता, कांग्रेसको लज्जास्पद हार

नयाँदिल्ली, जेठ १ । भारतको कर्नाटक राज्यमा मे १२ तरिखमा भएको विधानसभा चुनावको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनता पार्टीलाई ठूलो सफलता मिल्ने देखिएको छ ।

२२४ मध्ये २२२ सिटका लागि भएको मतदानको प्रारम्भिक नतिजा अनुसार भाजपाले १०७ स्थानमा अगाडि छ । कांग्रेस आई ४३ स्थानमा अगाडि छ । ३७ स्थानमा भने जेडीएसको अग्रता छ ।

दक्षिण भारतमा भाजपा र प्रधानमन्त्री मोदीको ठूलो सफलता हो । में भारतीय जनता पार्टी का धमाकेदार एंट्री हुई है। बेंगलुरुमा भाजपाले विजय उत्सव मनाई रहको छ । विजय उत्सवमा सहभागी हुन प्रधानमन्त्री मोदी साँझ दिल्लीबाट त्यहाँ जाने कार्यक्रम रहेको छ ।

त्यसैगरी भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले अपरान्ह ४ बजे पत्रकार सम्मेलन पार्टीलाई जिताउन सहयोग गरेकोमा मतदाता र कार्यकर्तालाई धन्यवाद दिदै छन् । शाहले बीएस येदियुरप्पामा पत्रकार सम्मेलन गर्न दिल्ली गई सकेका छन् ।

साँझ ६ बजे भाजपा संसदीय बोर्डको बैठक बस्दै छ । उता कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया पराजित भएका छन् । मुख्यमन्त्री सिद्धारमैया साँझ ४ बजे राजीनामा दिदैछन् । उनले राज्यपाललाई राजीनामा बुझाउने छन् ।

सन २०१४ को विधानसभा चुनावमा कर्नाटकमा कांग्रेसले १२२ सिटमा विजय हुँदै सरकार बनाएको थियो । तर अहिले कांग्रेसलाई ५० सिट कटाउन गाह्रो पर्ने राजनीतिक पण्डितहरुको भनाई छ ।

२०१४ मा भाजपाले जम्मा ४० सिटमा जित हात परेको थियो तर अहिले उ बहुमत नजिक पुगिसकेको छ । भारतका २१ राज्यमा अब भाजपाको सरकार हुने छ ।

कमेन्ट गर्नुहोस्