फलफूल र तरकारीमा रहेको एकाधिकार पनि अन्त्य हुन्छ–मन्त्री खनाल

काठमाडौं, जेठ १ । फलफूल तथा तरकारी बिक्री वितरणमा देखिएको एकाधिकार अन्त्य हुने भएको छ ।

कालीमाटी तरकारी तथा फलपूmल विकास समितिबाट सञ्चालित तरकारी बिक्री केन्द्रमा समेत एकाधिकार रहेको जनगुनासो जनस्तरसम्म पुगेपछि कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले छिट्टै एकाधिकार अन्त्य गर्ने जनाएको छ । कालीमाटी तरकारी तथा फलफुल विकास समिति राज्यबाट सञ्चालित निकाय हो ।

कालीमाटी तरकारी बजारको स्थापना २०५५ सालमा भएको थियो । सोही समयदेखि सिमित व्यपारीले मनोमानी रुपमा तरकारी बजार सञ्चालन गर्दै आएका छन् ।

याे पनि पढ्नुस  बजारको अभावमा व्यवसायिक तरकारी खेतीमा समस्या

कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कालीमाटी तरकारी तथा फलपूmल विकास समितिको बजार सञ्चालन नियमावली संशोधन गरेर भएपनि तरकारी बिक्री बितरणमा देखिएको एकाधिकार अन्त्य गर्ने जानकारी दिनुभयो ।

तरकारी व्यवसायी महासंघका अध्यक्ष सोमप्रसाद घिमिरेले नियमावलीले दिएको अधिकार व्यपारीले प्रयोग गरेको बताउनुभयो ।

बजार विकास समितिको बजार सञ्चालन नियमावलीले एकाघरको एकपुस्ताको अन्त्य भएपनि सोही घरको अर्का पुस्ताले व्यवसाय सञ्चालन नगरेको हकमा मात्र अर्का पक्षले बिक्री कक्ष भाडामा लिन पाउने प्रावधान छ ।

याे पनि पढ्नुस  आकासियो तरकारीको भाउ, कति पुग्यो गोलभेँडाको मूल्य?

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारीले पुस्ता दरपुस्ताले एकलौटीरुपमा तरकारी बजार सञ्चालन गरेकाले तरकारीको भाउ महँगो भएको बताउनुभयो ।

विकास समिति सञ्चालनको नेतृत्व नेपाल सरकारले गर्छ । झन्डै ४५ रोपनी जग्गामा फैलिएको बिक्री केन्द्रको कार्यसमितिमा किसान, व्यवसायी र स्थानीय जनप्रतिनिधि रहने व्यवस्था छ ।

राज्यले तोकिएको दरमा व्यपारीले सटर भाडा लिने र सो सटर पुनः अर्का पक्षलाई भाडामा लगाउने परम्पराले तरकारीको मूल्य दोब्बर महँगो भएको उपभोक्तले बताउँदै आएपछि दुवै पक्ष एकाधिकार अन्त्यका लागि सहमति नजिक पुगेको बताइन्छ ।

याे पनि पढ्नुस  भूमिनीति ल्याउने अन्तिम तयारी कृषिमन्त्री खनाल

कालीमाटी तरकारी तथा फलपूmल विकास समितिले ६०१ बिक्री कक्ष स्थानीय व्यवसायीलाई उपलव्ध गराएको छ । जसमध्ये १० फलफूल १८ माछा, कृषक समूहका कार्यालय १५, आलु प्याज ७० र बाहिरी बिक्री कक्ष ७० तथा बाँकी ४१८ हरियो सागसब्जी बिक्री कक्षबाट तरकारी बिक्री वितरण हुँदै आएको छ । हाल दैनिक लगभग रु तीन करोड २५ लाखको तरकारीको कारोबार हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्