निर्माणधिन पुल भत्किदा १२ जनाको मृत्यु, ५० बढी पुरिएको आशंका

नयाँदिल्ली, जेठ १ । भारतको वाराणसीमा निर्माणाधीन पुल भत्किदाँ ठूलो दुर्घटना भएको छ । जसमा परि १२ जनाको मृत्यु भएको छ ।

निर्माणधीन आकाशेपुलको एक भाग मंगलबार साँझ अचानक खस्दा ठूलो संख्यामा मानिस र गाडीहरु दबेको बताइएको छ । अझै त्यहाँ ५० जनाभन्दा धेरै मानिसहरु पुरिएको हुन सक्ने भारतीय अधिकारीहरुले बताएका छन् ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल घटनास्थलमा उद्धार कार्य शुरु गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्