बैद्य र विप्लवलाई बर्षमान पुनको आव्हान : एमालेसंग भन्दा पहिले एकता गरौँ

काठमाडौं, जेठ २ । अहिले नेकपा एमाले र माअाेवादी केन्दंबीच एकताकाे प्रक्रिया चलिरहेकाे छ । तर माअाेवादी केन्द्रमा बैद्य र विप्लवलाई  पनि संगै लिएर जानुपर्ने धानर पनि छ । यहि बिषयमा माअाेवादि नेता बर्षमान पुनस‌ंग गरिएकाे कुराकानी ।

हिजो तपाईंहरुसँगै जनयुद्ध लडेका विप्लव, वैद्यसँग पनि एकताको कुरा गर्नु भएको छ नि। के हुँदैछ उनीहरुसँगको कुरा चाहिँ? 

हामी हिजो जनयुद्धमा सँगै भएका मोहन वैद्य, विप्लवसँग एकता गर्न सधैं नै खुल्ला छौं। हामी अलग हुँदा पनि कहिल्यै गाली गर्दै हिँडेनौं। एकताको आवश्यकता छ, उहाँहरुले गल्ती गर्नु भएको छ। बाटो बिराउनु भएको छ। कुनै दिन यो आन्दोलनमा आउनु हुन्छ भन्ने हिजो पनि थियो। आज पनि छ। त्यति मात्रै हैन, बावुरामजीलाई पनि तपाईं आउनुस् भनेका छौं। उहाँ एउटा व्यक्तित्व हो, एउटा आन्दोलनमा लागेको दुख गरेकै मान्छे हो आज अलिकति फरक धारमा हिड्नु भाछ। यति मात्रै हैन। हामी त उपेन्द्र यादवजी जो फरक आन्दोलनबाट आउनु भएको छ, उहाँलाई पनि एक ठाउँ बसौं भनिरहेका छौं। अहिलेको परिवर्तनमा सँगै काम गरेको हो। कुनैबेला उहाँ पनि हाम्रो पार्टीमै हुनुहुन्थ्यो। सँगै काम गरौं भनिरहेका छौं, सकरात्मक छलफल पनि भएको छ।

कहिले एकता माग गर्छ देशले, कहिले अलग्याउँछ परिस्थितिले। परिस्थिति परिवर्तन हुँदा मान्छेका सोचहरु पनि परिवर्तन हुन्छ। कुनै दिन विप्लवजी, किरणजीहरु पनि हामी सँगै आउन सक्नु हुन्छ, परिस्थितिले त्यो भन्छ।

तपाईं सकारात्मक छलफल भैरहेको छ भन्नुहुन्छ। उहाँहरु तपाईंहरुलाई सामन्ती दलाल भन्दै हिँडिरहनु भएको छ। कसरी सम्भव हुन्छ एकता?
कुनैबेला किरणजीले हामीलाई त्यसै भन्नुहुन्थ्यो। उहाँसँग भएका साथीहरु आज हामीसँगै छौं। रामबहादुर थापा वादलजी, देव गुरुङजी, पम्फाजीहरुसँग निक्कै तिक्तता जस्तो थियो। तर आज हामी एकै ठाउँ, एउटै क्याबिनेट, एउटै संसद र पार्टीमा छौं। त्यसैले मान्छेलाई गतिमा, वस्तुलाई परिवर्तनमा रुपान्तरणमा बुझ्नु पर्ने हुन्छ। आज एउटा पोजिसन हुन्छ। भोलि पोजिसनहरु चेन्ज हुन्छन्। कहिले एकता माग गर्छ देशले, कहिले अलग्याउँछ परिस्थितिले। परिस्थिति परिवर्तन हुँदा मान्छेका सोचहरु पनि परिवर्तन हुन्छ। कुनै दिन विप्लवजी, किरणजीहरु पनि हामी सँगै आउन सक्नु हुन्छ, परिस्थितिले त्यो भन्छ।

आजको परिस्थितिले त त्यो भन्दैन नि। विप्लव, वैद्य र तपाईंहरु विपरीत ध्रुबमा हुनुहुन्छ। तपाईंहरु उहाँहरुलाई कारबाही गर्ने ठाउँमा हुनुहुन्छ।
कुनैबेला एमालेसँग हामी विपरीत जस्तो लाग्थ्यो। संघीयताको कुरो, गणतन्त्रको कुरो समावेशीताको कुरामा। तर आज सहकार्य गर्दागर्दै पार्टी एकताको ठाउँमा आइपुगेका छौं। अहिले ठिकै छ एकदम अलगधार जस्तो भएको होला। तर कुनै पनि बेला परिस्थिति परिवर्तन हुन्छ। वस्तु वा संगठन, मान्छेहरु परिवर्तन हुन्छन्। हो अहिले उहाँहरु हामीलाई अलि टाढाको देख्नु हुन्छ, अरुलाई मित्र देख्नुहुन्छ। तर त्यो गल्ती हो। हामी नै नजिक हो एजेन्डाको हिसाबले। सोचको हिसाबले हामी नै नजिक हो। कुनै पनि बेला उहाँहरुले आफूलाई करेक्सन गर्नुहुन्छ। गर्नुपर्छ।

यो सिंहदरबारमा बसेर हेर्दाखेरि विप्लव, वैद्यका गतिविधि कस्तो लाग्दोरैछ ?
हैन, हाम्रो संविधानले संगठन गर्न, आन्दोलन गर्न, आफ्ना एजेन्डा शान्तिपूर्ण रुपमा भन्न कहिँपनि रोक लगाएको छैन। तर त्योभन्दा पर गएर एउटा सीमा नाघ्यो भने राज्यका निकायहरु छन्, तिनले काम गर्छन्। म बसौं या भोलि विप्लव नै यहाँ बसे पनि। त्यसैले त्यसलाई हामीले सहज रुपमा लिनुपर्छ। अहिले नै हामी उहाँहरुलाई दमन गरौं सिध्याउँ भन्नेमा छैनौं। उहाँहरुले हामीलाई दुनियाँ तथानाम गाली गर्ने, आरोप लाउने गर्नुभएको छ, त्यो कुनै पनि हिसाबले पुष्टि हुँदैन। उहाँहरुले पनि इतिहासको जवाफदेही बन्नुपर्छ। अहिले आफ्नो सरकार हुँदा पनि बल प्रयोग गर्छु भन्ने भयो भने त्यो अर्घेल्याइँ हुन्छ।

हो अहिले उहाँहरु हामीलाई अलि टाढाको देख्नु हुन्छ, अरुलाई मित्र देख्नुहुन्छ। तर त्यो गल्ती हो। हामी नै नजिक हो एजेन्डाको हिसाबले। सोचको हिसाबले हामी नै नजिक हो। कुनै पनि बेला उहाँहरुले आफूलाई करेक्सन गर्नुहुन्छ। गर्नुपर्छ।

उहाँहरुले लिनु भएको बाटो त्यस अर्थमा अवैज्ञानिक छ। बसौं न त आफूसँगै काम गरेका सँगै हिंडेका साथीहरुसँग। शान्तिपूर्ण रुपले एउटा टेवुलमा बसेर सम्बोधन गर्न सकिने विषयमा यति ठूलो खैरो खनाखन, लडाईं, भिडाईं किन गर्ने ? यो प्रश्न विप्लवजीलाई हो। उहाँले पनि जवाफ दिनु पर्ने हुन्छ इतिहासलाई।

तपाईले भनेको सीमा अहिलेसम्मचाहिँ विप्लवले नाघ्नुभएको छ कि छैन ?
ठाउँ ठाउँमा बम पड्काउने। सार्वजनिकस्थलमा मान्छेहरुलाई तर्साउने। सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, अनि पैसाको वार्गेनिङ गर्ने, कोही नेता विशेषलाई, कोही उद्यमी विशेषलाई टार्गेट गरेर थ्रेट गर्ने, त्यो त सीमाभन्दा बाहिरकै कुरा हो नि त। कहिँ घोषित रुपमा जनयुद्ध गर्छु भन्ने पनि छैन। क्रान्तिमा जान्छु भन्ने पनि छैन। अघोषित रुपमा यसो गर्नु भनेको त अपराध हो नि त। उहाँले मैले के गर्दैछु भन्ने घोषित रुपमा भन्नु पर्‍यो दुनियाँलाई। कम्युनिष्टहरु भनेको स्पष्ट हुन्छन्। खुल्ला हुन्छन्। आफ्नो उद्देश्य बताउँछन्। लुकाउँदैनन्। जस्तै हामीले चुनाव लड्छौं, चुनाव जित्छौं, यहिँबाट परिवर्तन गर्छौं भनेका छौं। जनताले त्यही अनुसार विश्वास गरेका छन्। उहाँहरुलेचाहिँ गर्न खोजेको के हो ?

रामबहादुर थापा वादलजी, देव गुरुङजी, पम्फाजीहरुसँग निक्कै तिक्तता जस्तो थियो। तर आज हामी एकै ठाउँ, एउटै क्याबिनेट, एउटै संसद र पार्टीमा छौं। त्यसैले मान्छेलाई गतिमा, वस्तुलाई परिवर्तनमा रुपान्तरणमा बुझ्नु पर्ने हुन्छ।

यो हो भनेदेखि राज्यले त्यहि अनुसार पोजिसन बनाउँछ। हैन भने उहाँका कार्यकर्ताहरु अपराधिक गतिविधिका नाममा जेल जान्छन्।

उहाँले संरक्षण गर्न सक्नुहुन्न। राजनीतिक आन्दोलन हो भने त्यही अनुसार हेरिन्छ। तर बिनाघोषणा मान्छे मार्‍यो, तोडफोड गर्‍यो भने के हुन्छ? कानुन अनुसार त्यहि गर्ने हो।

कमेन्ट गर्नुहोस्