पार्टी एकतामा माअाेवादीले घुर्की देखायाे – एमाले नेता भुषाल

काठमाडौं, जेठ २ । नेकपा एमालेका नेता तथा एमाले माअाेवादि पार्टी एकता मस्याैदा कार्यदल सदस्य वेदुराम भुषालले माअाेवादीले घुर्की देखाउँदा पार्टी एकतामा विलम्ब भइरहेकाे बताएका छन् ।

उनले भने “अरुण तेस्रोकाे शिल्यान्यास त्यसैकाे उदाहरण हाे । विभागीय मन्त्रीलार्इ नबाेलार्इ त्यत्राे कार्यक्रम हुन्छ त ? ”

भुषालले थपे “मन्त्रिपरिषदले गरेकाे  निर्णय हाे याे, मन्त्रिपरिषदकाे निर्णय त मान्नु पर्याे । ”

यहि कारण राष्ट्रिय सभागृहमा विशेष सुरक्षासाथ भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनमा माओवादी केन्द्रबाट नेतृत्व गरेर गएका गृहमन्त्रीदेखि अन्य मन्त्रीहरु सहभागी भएनन ।

यसमा पनि एमालेले माअाेवादीलार्इ नै अाराेप लगाएकाे छ । एमाले नेता भुषालले भने “अापसी असमझदारी भए बसेर कुरा गर्नु पर्याे नी,फरक बाटाे हिड्न खाेजेर कहाँ हुन्छ । ”

पार्टी एकताका लागि शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् ।

चुनावी गठबन्धन र पार्टी एकताको निर्णयसहित गत १७ असोजमा भएको ६ बुँदे सहमतिको शृंखलाले सात महिना पूरा गरे पनि संवाद शृंखलाबाट निष्कर्ष नआउँदा दुवै पार्टीका कार्यकर्तामा संशय बढेको छ ।

तर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दिन पार्टी एकता हुने  बतार्इरहेका छन् ।

ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा माओवादी केन्द्रसँग एकता हुने बताएका हुन् ।

अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे ।

उनले भने, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई-तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ ।

पत्रकारहरु बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।”
एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गरे।

कमेन्ट गर्नुहोस्