दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा आँधी आउने चेतावनी

काठमाडौं, जेठ ३ । भारतको उत्तरी क्षेत्रमा तीब्र गतिमा आँधी आउने तथा ठूलो वर्षा हुने मौसम विभागले जानकारी दिएको छ ।

राजधानी दिल्लीसहित भारतका विभिन्न क्षेत्रमा मंगलबार राति धुले आँधी आएको थियो । मौसम विभागले बिहीबार वा त्यसको ७२ घण्टा भित्र दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा फेरि आँधी आउने तथा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको हो ।

मौसम विभागले जारी गरेको चेतावनीसहितको मौसम बुलेटिमा जम्मु कश्मीर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, पञ्जाव, हरियाणा, चण्डीगढ, दिल्ली र उत्तर प्रदेशका विभिन्न क्षेत्रमा ५० देखि ७० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने तथा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।

दिल्लीसहितका क्षेत्रमा धुले आँधी आउने गरेको छ । यसले गर्दा जनजीवन प्रभावित भएको छ ।

कमेन्ट गर्नुहोस्