आजको मौसम : कता पानी पर्छ, कताको मौसाम खुल्छ ?

काठमाडौं, जेठ ३ । मध्य तथा पूर्वी क्षेत्रको मौसम बिहीबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरा आसपासमा बनेको स्थानीय प्रणाली पश्चिमी वायुको प्रभावका कारण पूर्वतिर सर्दै गएकाले मध्य तथा पूर्वी क्षेत्रको मौसम बदली भएको मौसमविद राजु प्रधानाङ्गले बताए ।

त्यहि प्रणालीको प्रभावका कारण मध्य क्षेत्रमा बिहीबार बिहानै पानी परेको उनले बताएका छन् ।

अहिले बदली हुने स्थानीय प्रणाली पश्चिमी वायुको प्रभावका कारण पूर्वतिर लागेको छ । यसले गर्दा बिहीबार दिनभर मध्य तथा पूर्वको मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए ।

काठमाडौं उपत्यकामा अहिले लागेको बादल बिहान अबेर वा दिउँसो तिर केही खुले पनि बेलुकापख फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको उनले बताए ।

मध्यपश्चिम तथा सुदूरपश्चिमका क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको र त्यताको पहाडी क्षेत्रमा भने आंशिक बदलीको अवस्था रहेको उनले जानकारी दिएका छन् ।

प्रि–मनसुनको समय रहेकाले स्थानीय प्रणाली बन्ने क्रम चलिरहने भएकाले मौसम खुल्ने र बदली हुने प्रक्रिया भइरहेने मौसमविदले बताएका छन् ।

कमेन्ट गर्नुहोस्