युवा उद्यमी पोखरेल स्टार्ट अप थाइल्यान्डमा नेपालको प्रतिनिधित्वमा

थाइल्याण्ड । युवा उद्यमी शम्भु पोखरेलले स्टार्ट अफ थाइल्यान्डको दोस्रो संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

आगामी मे १७ देखि २० सम्म थाइल्यान्डको राजधानी बैंककमा चल्ने उक्त सम्मेलनमा पोखरेलले नेपालको तर्फबाट आफ्नो स्पिच दिने कार्यक्रम रहेको छ । पोखरेलले ‘फ्युचर अफ शपोहोलिक’ अर्थात किनमेल पारखीहरुको भविष्य विषयमा कि नोट स्पिच दिने कार्यक्रम रहेको छ ।

वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष पोखरेल बिजनेस टेलिभिजनका कार्यकारी अध्यक्ष समेत हुन् । स्टार्टअप थाईल्याण्ड एक उद्यमशीलता पदोन्नति प्लेटफर्म हो । थाइल्यान्डको विज्ञान तथा प्रविधि मन्त्रालयको इन्नोभेसन सेन्टर (उन्नयन केन्द्र) ले सो स्टार्टअप समिटको आयोजना गरेको हो ।

समिटमा १ सय ४० देशका १५ सय भन्दा बढि युवा उद्यमी तथा अमेरिका जापान लगाएतका देशबाट ठुला लगानीकर्ताहरु समेत सहभागी हुने आयोजकले जनाएका छन् ।

स्टार्टअप थाईल्याण्डमा कि नोट स्पिकरका रुपमा बोलाईएका पोखरेल पहिलो र एकमात्र नेपाली हुन् । स्टार्टअफ थाईल्याण्डमा पोखरेलको सहभागिताबाट नेपालको स्टार्टअपको क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच बढ्ने र नेपालमा थप लगानी समेत आउने विश्वास गरिएको छ । विज्ञान र कानूनमा स्नातक गरेका पोखरेल २ बिषयमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्