चितवनबाट एसपी थापाको सरुवा, सुशील राठौरलाई स्वागत

चितवन । प्रहरी प्रमुख एसपी दिपक थापा सरुवा भएलगतै सुशील राठौर चितवन आएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट बिदा भएपछि प्रहरी उपरिक्षक दिपक थापाको ठाउँमा सुशील राठौरलाई चितवनमा भब्य स्वागत गरीएको छ । उनले अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधै आफु लागिपर्ने सुशील राठौरको भनाई छ ।

प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो गने प्रविधीमैत्री प्रहरी अनुसन्धान,प्रहरी हाम्रो टोलमारप्रहरी मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा वृद्धि, भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलीफोन धम्की जस्ता जघन्य अपराध र गुण्डागर्दी तथा लागूऔषध अपराधमा लाग्नेलाई कडाभन्दा कडा कारबाही गर्ने स्वागत कार्यक्रममा उनले बताएका छन्।

उनले सबै क्षेत्रका कार्यरत प्रहरीको सक्रियताकै कारण कालोबजारी, भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताए । प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ आफू चितवन आएको सबै क्षेत्रका कार्यरत प्रहरीहरुसँगै स्वागत कार्यक्रममा आफुले आबश्यक पर्ने ठाउँमा कडारुपमा काम गनुपर्ने निदेशन पनि दिनुभयो ।

प्रहरी प्रधान कार्यालयले दिपक थापासहित ७९ जना एसपीहरुको सरुवा गरेसँगै जेठ महिनादेखिको तलबभत्ता हाल सरुवा भएको ठाउँबाट खानेगरी एसपीहरुको सरुवा भएको हो ।

प्रहरी स्रोतका अनुसार चितवनमा सुशील राठौर, पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भए थिए ।

कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन् । कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

अख्तियारका एसपी उमाप्रसाद चतुरदेवीलाई सुर्खेत पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी संगठनलाई मजबुत बनाउन विभिन्न कार्यालयको भौतिक संरचना निर्माणको कामलाई अरु तीव्रताका साथ लाग्ने चितवन आएका सुशील राठौर बुधबार आफूलाई स्वागत गर्ने बेला खुशी व्यक्त गर्दै बताएका हुन् ।

कमेन्ट गर्नुहोस्