उमेरअनुसार सेक्ससम्बन्धी रुचीमा परिवर्तन

सुखमय दाम्पत्य जीवनका लागि आनन्ददायक यौन क्रिया अत्यावश्यक हुन्छ । तर, हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन । एउटा निश्चित उमेर अवधिमा यसमा पनि परिवर्तन हुँदै जान्छ ।

किशोरावस्थामा

० किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तिव्रगतिमा बढ्छ, जसले सेक्ससम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ ।

० सेक्सका लागि सबैभन्दा बढी फेन्टासी, ड्रिमिङ पनि यहि उमेरमा हुने गर्छ ।

याे पनि पढ्नुस  गाईसँग सेक्स गर्दै गर्दा ६८ वर्षीय पुरुष रङ्गेहात पक्राउ (तस्वीर)

०किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनको भावनात्मक लगावमा निर्भर गर्छ ।

० त्यस्तै किशोरहरु फिल्म, पुस्तक, कुराकानीको माध्यामबाट यौनको जानकारी प्राप्त गर्छन् । उनीहरुको जीवनमा सेक्स भावनात्मक भन्दा शारीरिक रुपमा प्रकट हुने गर्छ ।

० किशोरीले पनि फिल्म, पत्रपत्रिकाबाट सेक्स सम्बन्धी आफ्नो धारणा बनाउने गर्छन् ।

२० देखि ३५ को उमेरमा

० यस उमेरमा सेक्सुअल सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ ।

याे पनि पढ्नुस  गाईसँग सेक्स गर्दै गर्दा ६८ वर्षीय पुरुष रङ्गेहात पक्राउ (तस्वीर)

० एक– अर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुची हुन्छ ।

० यस उमेरमा युवती आफ् इच्छा खुलस्त बताउँदैनन्, दबाएर राख्छन् ।

० उनीहरु आफ्नो पार्टनर नै अग्रसर भएको रुचाउँछन् ।

० कतिपय अवस्थामा युवतीमा तीब्र यौन इच्छा हुन्छ, तर उनीहरु व्यक्त गर्न सक्दैनन् ।

३५ देखि ५० को उमेरसम्म

० यो उमेरमा यौन प्रतिको झुकाव क्रमस कम हुँदै जान्छ ।

याे पनि पढ्नुस  गाईसँग सेक्स गर्दै गर्दा ६८ वर्षीय पुरुष रङ्गेहात पक्राउ (तस्वीर)

० तर, उनीहरुको इच्छामा भने कमी हुने होइन । तर, उनीहरुको यौन जीवन शारीरिकबाट माथि उठेर भावनात्मक मोडमा पुग्छ।

० महिलामा हर्मोनल परिवर्तन सबैभन्दा बढी यस उमेरमा हुने गर्छ । उनीहरुको मुड बदलिन सक्छ । स्वास्थ्य समस्याले यौन जीवन प्रभावित पार्न सक्छ ।

० एक सर्बेक्षणले के पनि बताएको छ भने, ३५ को उमेरपछि महिलाहरु यौनक्रियामा बढी सन्तुष्ट महसुष गर्छन् ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्