एमाले-माओवादी एकता, राष्ट्रिय सभागृहमा यस्तो हुँदैछ तयारी ?

काठमाडौं । नेकपा एमाले-नेकपा माओवादी केन्द्रले पार्टी एकता घोषणा कार्यक्रममा प्रयोग गरिने ब्यानर निर्माणमा ब्यानर निर्माणमा निकै सचेतता अपनाएका छन् ।

पार्टी स्थापना दिवस अर्थात् ९ बैशाख (०७४) का दिन भएको विवाद ख्याल गर्दै आज हुने एकता घोषणा कार्यक्रमको ब्यानरमा सचेतता अपनाइएको हो।

पार्टी एकता घोषणा कार्यक्रमका लागि निर्माण गरिएको ब्यानरमा कम्युनिष्ट पार्टीको झण्डामात्र राखिएको छ। त्यसमा कुनै नेताको फोटो छैन।

९ बैशाखमा पार्टी स्थापना मनाइँदा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्वीर भएको ब्यानर राखिएपछि विवाद भएको थियो।

पार्टी एकता संयोजन समितिको आयोजनामा गरिएको ९ बैशाखको ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ उल्लेख गरिएकालेपनि विवाद भएको थियो।

तर, आजको कार्यक्रमका लागि कुनैपनि पार्टीको नाम उल्लेख गरिएको छैन। त्यसमा ‘नेपाल कम्युनिष्ट पार्टी एकिकरण घोषणा कार्यक्रम’  मात्र उल्लेख गरिएको छ।

एकता घोषणा कार्यक्रमलाई ‘ऐतिहासिक दिन’ मान्दै ब्यानरमा अंग्रेजीमा Nepal Communist Party, Unification Declaration Programme पनि उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्