नेकपाको महासचिवमा पौडेल र प्रवक्तामा नारायणकाजी श्रेष्ठ चयन

काठमाडौं, जेठ ३ । बालुवाटारमा बसेको एमाले र माओवादीकोे संयुक्त बैठकमा केपी शर्मा ओलीले दुबै पार्टी बिघटन भएको घोषणा गरेका छन्। जारी संयुक्त बैठकमा सबै केन्द्रीय सदस्यहरुले शपथ लिएका छन्।

बैठक बस्नु अघि संयोजन समितिको बैठकले नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा बिष्णु पौडेल र पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ । यसबारेमा संयुक्त बैठकमा जानकारी गराइएको छ ।

एकता संयोजन समितिका ८ र बिष्णु पौडेलसहित ९ सदस्यीस सचिवालय नवगठित नेपाल कम्युनिष्ट पार्टीको हुने जानकारी पनि भट्टराईले जानकारी दिए।

नौ सदस्यीय सचिवालयमा अध्यक्षमा केपी शर्मा ओली र प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधबकुमार नेपाल, अन्य सदस्यमा बामदेव गौतम, प्रवक्तामा नारायणकाजी श्रेष्ठ, सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा महासचिवमा बिष्णु पौडेल छन्।

दुई पार्टीले नेपाल कम्युनिष्ट पार्टीको स्थानीय समितिलाई बढाएर ४५ सदस्यीय बनाउने सहमति गरेका छन्। यसअघि ४३ सदस्यीय रहने जनाइएको थियो।

कमेन्ट गर्नुहोस्