एमाले र माओवादीबीच एकता, नेकपा दर्ता गर्न नेताहरु निर्वाचन कार्यालयमा, यस्तो छ सहमति

काठमाडौं, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी बिहीबार पार्टी एकता भएको छ । उनीहरुले गएको असोज १७ गते पार्टी एकता गर्ने घोषणा गरेका थिए ।

बालुवाटारमा बसेको माओवादी र एमालेको संयुक्त बैठकमा केपी शर्मा ओली र प्रचण्डले दुबै पार्टी विघटन भई नेपाल कम्युनिष्ट पार्टी बनेको घोषणा गरेका थिए ।

बिहीबार विहान बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गरे लगत्तै त्यो निर्णयलाई दुवै पार्टीले अनुमोदन गरेका हुन् । योसँगै नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । आजै नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि नेता सुवास नेम्वाङ र देव गुरुङ निर्वाचन आयोगमा जाने तयारी छ ।

के के भयो सहमति ?
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व गर्ने।

दुई अध्यक्षात्मक प्रणाली अपनाइने।

दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली नौ सदस्यीय सचिवालय रहने।

सचिवालयमा दुई अध्यक्षसहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्।

त्यसबाहेक नारायणकाजी श्रेष्ठ (प्रवक्ता), ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल(महासचिव) सचिवालयमा रहनेछन्।

पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ। पार्टीको महासचिव पौडेल हुनेछन्।

सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने।

मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने। एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने।

कमेन्ट गर्नुहोस्