नेकपाको शक्तिशाली निकाय ९ सदस्यीय सचिवालयमा एमालेबाट ६ र माओवादीबाट ३ जान

काठमाडौं, जेठ ३ । नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकता भएको छ । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखिएको छ ।

नेकपाको सबैभन्दा माथिल्लो निकायसचिवालय रहने छ । सचिवालय नौं सदस्यीय बनाइएको छ । जसमा एमालेबाट ६ जना र माओवादीबाट ३ जना रहेको छन् ।

सचिवालयमा केपी शर्माओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, विष्णु पौडेल रहनेछन्।

नेपाल र खनाल वरिष्ठ नेता, श्रेष्ठ प्रवक्ता र पौडेल महासचिव हुने निर्णय गरिएको भट्टराईले बताए।

सचिवालयले पार्टीका केन्द्रीय संगठनको व्यवस्थापन, प्रदेश लगायतका तलका निकाय, प्रवास संगठन र मोर्चाको एकता तथा विभागहरूको गठन लगायतका गृहकार्य गर्ने बताइएको छ।

पार्टी दर्ता गर्नुअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एकीकृत दलमा परेका केन्द्रीय समितिमा परेका सदस्यहरुको संयुक्त बैठक वालुवाटारमा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्