नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड निर्वाचन आयोगमा

काठमाडौं, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टीको दल दर्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड निर्वाचन आयोग पुगेका छन्।

उनीहरुले आयोगमा पुगेर दुवै अध्यक्षले हस्ताक्षर गरेको पार्टी एकताको माइन्यूट निर्वाचन आयोगमा बुझाएका छन्।

पार्टी एकता गरेकोमा उनीहरुलाई आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बधाई दिएका छन्।

अब केहीबेरमै उनीहरु राष्ट्रिय सभा गृह पुगी एकता घोषणा सभामा सम्बोधन गर्नेछन्।

कमेन्ट गर्नुहोस्