कामदार मागपत्र प्रमाणीकरण अब दूतावास बाट नेपाली दूतावास युएई द्वारा सुचना जारी

युएई ।बैदेशिक रोजगारीलाई सुरक्षित , ब्यबस्थित र मर्यादित बनाउन भन्दै सरकारले गत बैशाख २४ मा गरेको निर्णयलाई बिदेश स्थित नेपाली नियोगहरुले कार्यान्वयन गर्न थालेका छन ।

यसै क्रममा युएईमा रहेको नेपाली दूतावासले गत बुधबार एक सुचना गारी गर्दै रोजगारदाता कम्पनीलाई दूतावास मार्फत मागपत्र प्रमाणिकरण गर्न सचेत गराएको छ । दूतावासले निकालेको सूचनामा मागपत्र प्रमाणिकरणका लागि चाहिने आबस्यक कागजातका विषयमा समेत जानकारी गराइएको छ ।

नेपाली कामदार माग गर्दा सम्बन्धित देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट मागपत्र प्रमाणिकरण गर्ने मन्त्रीपरिषद बैठकबाट पारित निर्णयलाई बिदेश मा रहेका नियोग हरुले कार्यनयन गर्न थालेपछि वैदेशिक रोजगारीमा देखिएका समस्यामा कमि आउने धेरैको बुझाइ छ ।

कमेन्ट गर्नुहोस्