उद्योगमा लोडसेडिङ हटाएपछि महासंघले गर्योे उर्जामन्त्री पुनको अभिनन्दन

काठमाडौं, जेठ ४ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले औद्योगीक क्षेत्रमा लोडसेडिङ्मुक्त गरेपछि उद्योग बाणिज्य महासंघले उर्जामन्त्री वर्षमान पुनको अभिनन्दन गरेको छ ।

अत्याधिक उर्जा माग हुने औद्योगीक क्षेत्रमा लोडसेडिङ नहुने भएपछि महासंघकी अध्यक्ष भवानी राणाको संयोजकत्वमा उद्योगीहरुले उर्जामन्त्री पुनको अभिनन्दन गरेका हुन् ।

काठमाडौंमा बिहिबार गरिएको अभिनन्दनमा बोल्दै उर्जामन्त्री पुनले सरकार विकाश समृद्धि र सुशाशनको कुरामा संवेदनशील भएको बताए ।

उनले २ तिहाई जनता कृषिमा निर्भर भएको र त्यसमा सिंचाईको व्यवस्था आवश्यक भएको उल्लेख गरे । उनले भने, ‘अबको आर्थिक समृद्धिको मुल आधार उर्जा र सिंचाई हो । अब यस सम्बन्धी कार्ययोजना बनाएर अगाडी बढ्छौं ।

’ ७ वटै प्रदेश, स्थानीय सरकार र संघीय सरकारसँग साझेदारी गरेर अबको १० वर्षमा १० हजार मेगावट विद्युत निकाल्ने योजना भएको उनले बताए । यसमा नीजि क्षेत्रलाई पनि लगानी गर्ने वातावरण बनाउने उर्जामन्त्री पुनले प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्