एमाले–माओवादीबीच यसरी भयो भागबन्डा ! कसले पायो, कसले गुमायो ?

माओवादीलाई ४५ प्रतिशत

एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय छ जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्नेसमेत सहमति भएको छ ।

सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन् ।

त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ । सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने छन् ।

याे पनि पढ्नुस  प्रचण्ड - अाेली मिलेकाे दिन पार्टी एकता हुन्छ : भीम रावल

चुनाव चिह्न सूर्य

एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य कायम रहने सहमति भएको छ ।

त्यस्तै पार्टीको विधानमा जनयुद्ध र विभिन्न कालखण्डमा भएका आन्दोलनलाई समेट्ने विषयमा समेत सहमति जुटेको छ । यस अगाडि एमालेले जनयुद्धुलाई सशस्त्र द्वन्द्वु भन्दै आएको थियो ।

याे पनि पढ्नुस  कम्यनिष्ठहरुले साम्यवाद स्थापन गर्न लागे : देउवा

त्यस्तै पार्टीका सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुनेछ भने जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई थाँती राखिएको छ । जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एउटै विन्दुमा समेट्न जनताको जनवाद राख्ने गरी सहमति जुटेको छ ।

यसैबीच एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने भएपछि माओवादी केन्द्रमा बिद्रोह हुन सुरु गरेको छ । माओवादीले एमालेसंग आत्मसमर्पण गरेको भन्दै माओवादी केन्द्रका नेता-कार्यकर्ताले पार्टी परित्याग गरेको बताएका छन्।

याे पनि पढ्नुस  आफ्नै जीवनलार्इ यसरी सम्झिन्छन् प्रचण्ड ..

माओवादी जनयुद्धकोको मूल मर्म अनुसार नेपाली क्रान्तिलाई अगाडी बढाउनुपर्नेमा माओवादी केन्द्रको नेतृत्व उल्टो संसदीय राजनीतिक भासमा फसेको र एमालेसँग मिलेर शहिदहरुको सपनामाथि खेलवाड गरेको उनीहरुको आरोप छ ।

कमेन्ट गर्नुहोस्