कति छ आज बजारमा सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्य यथावत नै रहेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ५९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदीको मूल्य भने यथावत नै रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्